विराटनगर, बैशाख ५ । झापामा गाई र खोटाङमा गोरु काटेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। झापा दमक बेलडाँगी २ शिविरमा गाई काटिरेहको अवस्थामा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलडाँगी–२ हर्ट नम्बर २९५ सेक्टर नम्बर ‘ए’का २६ वर्षीय सुनिल गुरुङ र बेलडाँगी–२ हर्ट नम्बर २०८ सेक्टर नम्बर ‘ए’ ३ का ३२ वर्षीय खगिन्द्र दुलाल रहेका छन्।
बिहिबार राति गाई काटिरहेको भन्ने स्थानीयको सूचनाको आधारमा प्रहरीले छापा मार्दा दुई जनालाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।
यस्तै खोटाङको हलेसी तुवाचुङ–५ मयांखुमा गोरु काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानमा बस्ने देशबहादुर सार्की, हीरा सार्की, सुभाष सार्की, रविन सार्की, अमृत सार्की, सीता सार्की र लीलाबहादुर खड्का रहेका छन्।