बैशाख ५ । गर्मीमा खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ। यतिबेला झिंगा र साङ्ला पनि फैलन्छ। जब सडेको, गलेको वा झिंगा र साङ्लोले जुठो लगाएको खानेकुरा खाइन्छ, जीवाणु हाम्रो पेटमा पुग्छ। त्यस्ता खानेकुरा विषाक्त हुनसक्छ। खानाको कारण झाडा–पखला, वान्ता हुनसक्छ।
कहिलेकाहीँ मीठो मसिनो बनाउने क्रममा धेरैथरी खानेकुरा सेवन गर्दा पनि यस्तै समस्या हुनसक्छ। दुषित, विषाक्त वा विजातिय खानेकुरा सेवन पछि फुड प्वोइजनिङ भएमा घरेलु उपचार गर्न सकिन्छ।
फुड प्वाइजनिनङ भएमा
फुड प्वोइजनिङ भएमा पेट दुख्ने, निरन्तर वान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, हल्का ज्वरो आउने, मांसपेशी दुख्ने लगायतको समस्या देखिने गर्छ। यस्तो समस्या खाना खाएको २ घण्टाबाट देखिएर ७२ घण्टासम्म रहन सक्छ। यस्तो बेला शरीरमा पानीको कमी हुन नदिन जीवनजल तथा इलेक्ट्रोवियनको सेवन गर्नुु पर्छ।
कुनै खतरा हुन्छ ?
फूड प्वइजनिङको खतरा बच्चा, रोगी, बुढाबुढी, गर्भवतीमा बढी हुन्छ। किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवतीको पाचन प्रणालीमा परिवर्तन हुन्छ, जसले गर्दा फूड प्वाइजनिङको संभावना रहन्छ। साथै बृद्धबृद्धामा पनि यस्तो समस्या देखिन सक्छ।
अदुवा – पाचन प्रणालीको हरेक समस्याको लागी अदुवा एक प्रभावकारी औषधी मानिन्छ। फूड प्वोइजनिङबाट छुटकारा पाउनको लागि अदुवाको चिया बनाएर पिउन सकिन्छ। काँचो अदुवा कुटेर या यसको चूर्ण बनाएर पनि सेवन गर्न सकिन्छ।
जीरा– जिरा खानाको सुगन्धित र स्वादिष्ट बनाउको लागि प्रयोग गरिन्छ। एक चम्चा जीरा पिसेर खानामा प्रयोग ग¥यो भने फूड प्वाइजनिङबाट छुटकारा पाउन सकिन्छ। यसको साथै आन्द्रा सुन्निएको पनि ठिक हुन् ।
तुलसी : फुड प्वाइजनिङको उपचारमा तुलसी पनि निकै उपयोगी हुन्छ। तुलसीसँग थोरै दही र मरिचको धुलो चाहिन्छ। तुलसीको पात उमालेर त्यसको पानीमा थोरै दही र मरिचको धुलो मिसाएर सेवन गर्न सकिन्छ।
दही : फुड प्वाइजनिङ भएमा दही पनि निकै उपयोगी हुन्छ। दहीको घोल बनाएर त्यसमा थोरै सख्खर मिसाउनुपर्छ। उक्त घोल सेवन गर्दा फाइदा पुग्छ।
कागती : एक गिलास पानीमा कागतीको रस मिसाउने। त्यसमा एक चम्चा मह मिश्रण गरेर सेवन गर्दा पनि लाभ मिल्छ।
पानी– फूड प्वाइजनिङ हुदाँ पानीको सेवन बढि मात्रामा गर्दा फाइदा हुन्छ। यसले शरिरमा भएको बिषाक्त तत्व बाहिर निकाल्न मात्र होइन शरिरमा हुने असर पनि कम गर्न सहयोग गर्छ।
स्याउ–फूड प्वाइजनिङ हुदाँ स्याउको सेवन गर्दा धेरै राहत मिल्छ। फूड प्वाइजनिङको समयमा हुने छाति को दुखाइलाई पनि कम गर्छ।
केरा– फूड प्वाइजनिङमा केराको सेवन एकदमै लाभदायक मानिन्छ। झाडापखला र कब्जियतमा पनि केराको सेवनले फाइदा गर्छ। यो पचाउन सजिलो हुन्छ। तर ध्यान राखौ कि दुई ओटा भन्दा बढि केरा सेवन गर्दा डाइरिया बढ्न पनि सक्छ।
विशेष सावधानी
-सफा र सुरक्षित खानेकुरा मात्र सेवन गर्ने।
-खाना खाने र पकाउने भाँडा बर्तन पनि सफा हुनुपर्छ।
-धेरै मसलेदार, पचाउन गाह्रो हुने, राम्ररी नपाकेको, बासी, दुषित खानेकुराको सेवन नगरौं।
-एकसाथ धेरैथरी खानेकुरा मिसाएर सेवन नगरौं।




