मलंगवा, बैशाख ७ । सर्लाहीको मलंगवा नगरपालिका–६ खुटौनामा जंगली बँदेलको टोकाइबाट ३ जना घाइते भएका छन् घाइते हुनेहरुमा दुखा रामका १८ वर्षीय छोरा रमेश राम, उपेन्द्र साहकी १३ वर्षीया छोरी काजल साह र २८ वर्षीय विजय साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार रामको दाहिने तिघ्रामा बँदेलले टोकेको छ। उनको अहिले सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ। बाँकी दुईजनाको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।