बैशाख १२ । भारतको चेन्नईका बि गउथामले केही समय अघि ‘कोरोना भाइरस हेल्मेट बनाएका थिए। भाइरस फैलिनबाट रोक्ने भन्दै भारत सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्दै धेरै मानिस घरबाट निस्किएपछि भाइरसप्रति सतर्क बनाउन र भाइरसको संक्रमण भएको खण्डमा उत्पन्न हुने डरको महसुस गराउन उनले हेल्मेट बनाएका थिए।
लकडाउनकाे उल्लंघन गरेर सडकमा निस्कनेहरुलाई प्रहरीले साेही हेल्मेटको प्रयोग गर्दै भाइरसको खतराप्रति सजग बनाउने प्रयास गरेका थिए। यद्यपि, अझैपनि चेन्नईका कतिपय क्षेत्रमा लकडाउन उल्लंघन गर्ने क्रम भने रोकिएको छैन।

यसैलाई मध्यनजर गर्दै गउथामले चेन्नईमा ‘कोरोना अटो’ निर्माण गरेका छन्। स्पाइक्स प्रोटिनहरु फैलिएको आकारमा निर्माण गरिएको अटोमा प्रहरीले लकडाउनको निरीक्षण गर्न सरु गरेका छन्। अनावश्यक रुपमा घरबाहिर निस्किएका मानिसहरुलाई अटोले पछ्याउँदै सतर्क गर्ने बताइएको छ।
यस्तै, मास्क नलगाइ सडकमा हिँड्नेहरुलाई अटोमा बसेका अधिकारीहरुले भारतीय एकसय रुपैयाँ जरिवाना तिर्न लगाउने गरेको छ। यसरी जरिवाना गरिएकाहरुलाई चारवटा मास्क पनि दिने गरिएको छ। सडकमा मानिसहरु निस्किँदा कोरोनाले संक्रमित बनाउन सक्ने भन्दै मानिसलाई सर्तक बनाउन यो अटोको निर्माण गरिएको गउथामले बताएका छन्।




