काठमाडौं, बैशाख १३ । लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरतर्फ जाँदै गरेको बस दुर्घटनाहुँदा एक जनाको ज्यान गएको छ।
शनिबार विहान महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित सडकको घुम्तीमा बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा दोलखाको तामाकोशी ३ घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन्। दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको जनाइएको छ।