बारा, बैशाख १३ । साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड वीरगन्जबाट कृषि अनुदानमा ल्याइएको मलखाद सहकारीमार्फत कालोबजारी गर्ने पक्राउ एक व्यक्ति बारामा पक्राउ परेका छन्।
प्रहरीले माँ गायत्री खाद भण्डारका सञ्चालक विश्रामपुर गाउँपालिका २ का महेन्द्र साह तेली र ट्याक्टर चालक रामबाबु पण्डितलाई पक्राउ गरेको हो।
बाराको विश्रामपुर गाउँपालिका २ स्थित माँ गायत्री खाद्य भण्डार पसलमा ना६त ७३६८ नम्बरको ट्रयाक्टरमा मलखाद लुकाइछिपाई अनलोड गरिरहको अवस्थामा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय प्रसौनिबाट खटिएको प्रहरी टोलीले ५० बोरा युरिया, ३० बोरा डिएपी र सलफेट मल १० बोरा गरी ९० बोरा मलखाद बरामद गरेको छ। प्रहरीले अतिथि कृषि सहकारी संस्था लि प्रसौनी ६ बाराको नाममा मल खरिद गरेको बिल दुई थान र माँ गायत्री खाद भण्डार प्राइभेट फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपिसमेत बरामद गरेको छ।
अनुसन्धानका क्रममा साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड वीरगन्जबाट अनुदानमा सहकारीको नाममा बिक्री भएको खुलेको छ।




