बैशाख १४ । वासिंटनस्थित उत्तर कोरिया मनिटरिङ प्रोजेक्टले सेटलाइटको तस्बिरको समीक्षा गगरेको छ। उत्तर कोरियाको रिजार्ट टाउन वोनसनमा एक ट्रेन देखिएको छ, जुन सम्भवत किम जोन उनले प्रयोगका लागि खडा भएको हो।
मनिटरिङ प्रोजेक्ट–३८ का अनुसार २१ अप्रिलको वोनसनमा लिडरसिप स्टेशनमा उक्त ट्रेन पार्क गरिएको थियो। मनिटरिङ प्रोजेक्ट–३८ नर्थका अनुसार यो स्टेशनमा किम जोन उन को परिवारका लागि सुरक्षित रहेको समाचार एजेन्सी रोयटर्सले छापेको छ। मनिटरिङ प्रोजेक्टको रिपोर्टको रोयटर्सले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन भने किम जोन उन वोनसनमा नै छन् भन्ने पनि बताएको छैन।
रिपोर्टमा भनिएको छ, “ट्रेनमा उपस्थितलाई पनि यो थाहा छैन कि किम जोन उन कहाँ छन्। र उनको स्वास्थ्य अवस्थाबारे पनि उनीहरुलाई थाहा छैन। तर यति थाह छ उनी देशका पूर्वी भागमै छन्।”
दक्षिण कोरियाको राजधानी सोलस्थित समाचार वेभसाइट डेली एनकेका अनुसार किम जोन उन प्योङयाङको उत्तरी भाग रिजार्ट काउन्टी अफ ह्यागसनमा स्वास्थ्य उपचार गरिरहेका छन् बीबीसीले जनाएको छ।
डेली एनकेले यो खबर उत्तर कोरियामा रहेको एक बेनामे सूत्रलाई उल्लेख गर्दै लेखेको छ। दक्षिण कोरियाली समचार एजेन्सी न्युजइजका अनुसार किम सम्भवत कोविड–१९बाट बच्न वोनसन मै छन्। एजेन्सी




