बैशाख १७ । लण्डन क्लब आर्सनलले मिडफिल्डर मेसुट ओजिललाई सम्झौता नविकरणको प्रस्ताव अघि सारेको छ।
आर्सनलमा सर्वाधिक कमाई गर्ने खेलाडीको रुपमा रहेको ओजिललाई आर्सनलले सम्झौता नविकरणको प्रस्ताव गरेको हो। जर्मन खेलाडी ओजिलले आर्सनलमा साप्ताहिक ३ लाख ५० हजार डलर प्राप्त गर्दै आएका छन्।
३१ बर्षिया खेलाडीको आर्सनलसंगको सम्झौता २० महिनामात्र बाँकी छ।
विश्व विजेता टिम जर्मनीका ओजिलले प्रशिक्षक उनाई ईम्रीको प्राथमिकतामा पर्न छाडेपछि लण्डन क्लब छाड्ने मन बनाएका थिए। तर डिसेम्बरमा नयाँ प्रशिक्षक मिकेल अर्टेटाले आर्सनलको बागडोर सम्हालेपछि ओजिलले पुन आफ्नो स्थान प्राप्त गरेका थिए।
अनिश्चित बनिरहेको ओजिलको भविष्य अगाडी आर्सनलले नयाँ प्रस्ताव अघि सारेको हो।
ओजिल नयाँ सिजन टर्किस क्लब फेनरवाचसंग जोडिएका थिए। तर उनका प्रतिनिधि सोगुट एरकुटले ओजिलको नयाँ गन्तव्यको चर्चालाई अस्विकार गरेका थिए।
‘फुटबलको बिषय बुझ्न सकिन्न। हामी खेलाडीको सरुवाको बिषयमा कुनै अनुमान लगाउन सक्दैनौ।’ उनले भने।
‘म फेरी पनि भन्छु, आजिल आर्सनलमा खुसी छन्। उनीसंग अझै सम्झौता बाँकी छ।’ उनले भने, ‘सम्झौता सकिने समयमा उनको भविष्यको बिषयमा भन्न सक्छु। तर अहिले भन्नलाई केही छैन।’ एजेन्सी




