बारा, बैशाख १८ । इलाका प्रहरी कार्यालय बारागढीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।
बाराको बारागढी गाउँपालिका १ सिपुराटोलका ४० वर्षीय मनोज राय नेटुवालाई एकथान पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।




