बैशाख २१ । इटालीमा आयोजना हुने भनिएको युरोपियन रोड साईक्लिङ च्याम्पियनसिप एक वर्षका लागि स्थगित गरिएको छ। कोरोना भाईरसको महामारीको कारण आगामी सेप्टेम्बरमा तय भएको च्याम्पियनसिप स्थगित भएको हो।
च्याम्पियनसिप सेप्टेम्बर ९ देखि १३ सम्म इटालीको ट्रेनटिनो प्रदेशमा हुने तय भएको थियो। तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै अर्को वर्षका लागि सारिएको आयोजक युरोपियन साईक्लिङ युनियनले जनाएको छ।
युनियनले स्थगित च्याम्पियनसिप सन् २०२१ को सेप्टेम्बरमा आयोजना गर्ने जनाएको छ। आयोजकले सेप्टेम्बर १-५ अथवा ८-१२ मा गरिने जनाएको छ। एजेन्सी




