नवलपरासी, बैशाख २१ । पूर्वी नवलपरासीमा शनिबार राति जंगली च्याउ खाँदा एकै ७ जना बिरामी परेका छन्। उनीहरु मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ सानो सिद्रे निवासी १८ वर्षीय पुरुषोत्तम भण्डारी, २३ वर्षीय सुनिता भण्डारी, ११ वर्षीया पुनम भण्डारी र १४ वर्षीय पविन रिजाल गम्भीर बिरामी छन्।
बिरामी परेकाहरु एकै परिवारको रहेको विनयी त्रिवेणी ४ का वडाध्यक्ष गोपालप्रसाद अधिकारीले जानकारी दिए। गम्भीर बिरामी भएकालाई राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ।
लकडाउनका कारण नवलपरासीमा अहिले जंगलमा पाइने च्याउ, निउरो, गिठ्ठालगायतका जंगलमा पाइने तरकारी खोजेर खाने क्रम बढेको छ।