नवलपरासी (पश्चिम), बैशाख २१ । रामग्राम नगरपालिका–१० नदवामा अवैध लागुऔषध गाँजासहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ वर्षीया मीना कुर्मीसहित ४ जना छन्। उनीहरुको साथबाट ८ सय ग्राम गाँजा बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गाँजा र लु १२ प ५०४८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो।