बैशाख २८ । शनिवार भारत र चीनको सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको छ। सिक्किमतर्फको सीमानामा झडप हुँदा दुवैतर्फका ११ सैनिक घाइते भएका छन्।
उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार यो झडप भएको प्रहरी स्रोतले जनाएको छ।
दुबै पक्षका सैनीकहरुबीच शुरुमा विवाद भएको थियो र पछि झडपको स्थिती सृजना हुँदा सात चिनियाँ तथा ४ भारतीय सैनिक घाइते भएको सञ्चार माध्ययमले जनाएको छ।
चीन र भारतको सीमा क्षेत्रमा यस्ता खाले तनावहरु बेला बेला हुने गरेका छन्। यसअघि पनि सन् २०१७ मा चीन र भारतको सीमाक्षेत्रमा तनाव भएर पछि सुल्झिएको थियो।
लामो समयको विवादपछि दुवैतर्फका सेनाहरू आफ्नो पोस्टमा फर्किएका थिए। यो विवादमा एक सय ५० सैनिक सामेल भएका थिए।