चितवन, बैशाख २८ । किराना व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ।
कोरोना भाइरस (कोभिड -१९) का कारण समस्यामा परेका श्रमिकहरुकालागि विभिन्न किराना पसलहरुबाट संकलन गरिएको खाद्य सामाग्रीहरु उद्योग वाणिज्य संघ चितवनलाई हस्तान्तरण गरेको हो।
मुसुरोको दाल ५० किलो, जिरा चामल ५६० किलो, सोना चामल १५० किलो, चिउरा (खुल्ला) ८० किलो, चिउरा (प्याकेट) ५० प्याकेट, फुरनदाना ५० प्याकेट, सनफ्लावर तेल ८० लिटर, चाउचाउ ६ कार्टुन, दालमोट ५ पोका, भूजा २० प्याकेट, मस्यौरा २५ प्याकेट, प्याज १५० किलो र आलु १५० किलो गरी रु एक लाख पाँचहजार बराबरको खाद्य सामग्री हस्तान्तरण गरिएको किराना व्यवसायी संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए।