पोखरा, बैशाख २८ । आइतबार पोखराको महेन्द्रपुलमा विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन्। उनीहरुले भारतबिरुद्ध नाराबाजी गर्दै मोदीको पुत्ला जलाएका थिए।
अपरान्ह ३ बजेको समयमा पोखराको महेन्द्रपुलमा जम्मा भएका केही बिद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको बिरुद्ध नाराबाजी गरेका थिए।
उनीहरुले ‘भारतीय बिस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो’ लगायतका नारा लगाएर मोदीको पुत्ला जलाएका थिए। पुत्ला दहन गर्दा गर्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। सोही क्रममा उनीहरुले प्रहरीबिरुद्ध नाराबाजी पनि गरेका थिए।
प्रर्दशनका क्रममा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छ। नियन्त्रणमा लिइएका हरु क्षितिज सापकोटा, बिनय तिसमल्सीना, बिशाल गोले र मदन पहारी रहेका छन्।