काठमाडौ, बैशाख २८ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले प्रदर्शनका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेका चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ।
प्रहरीले शुक्रबार सिंहदरबारबाट उनीहरुलाई पक्राउ गरेको थियो। घर फर्कन पाउनुपर्ने माग राख्दै उनीहरुले सिंहदरबार गेट अगाडि गरेको प्रदर्शनमा हातपात गर्दा एक नायब उपरीक्षक-डीएसपीलाई चोट लागेको थियो।
उनीहरुले प्रहरीको बर्दी समातेर तानेको भिडियो भाइरल बनेको थियो। तीन दर्जनभन्दा बढी चिनियाँ पक्राउ परेपनि बाँकीलाई भने छाडिएको थियो। प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको छ।