चितवन, बैशाख २८ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू चितवनले कालिका नगरपालिकामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा १७ महिलासहित १९३ जनाले रक्तदान गरेका छन्। हाल विश्वमा फैलिएको कोरोना भाइरसका कारण अस्पतालहरुमा रगतको अभाव हुन नदिन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले अभियानस्वरुप रक्तदान कार्यक्रम गर्दै आइरहेको छ।