बैशाख २९ । प्रिमियर लिग क्लब लिभरपुलले साडियो मानेसंग सम्झौता नविकरणको तयारी गरेको छ।
स्पेनिस महारथी क्लब रियल मड्रिडले सेनेगल फरवार्डमाथि चासो देखाईरहेको समय एनफिल्ड क्लबले मानेसंग नयाँ सम्झौताको तयारी गरेको हो।
मानेको सम्पूर्ण फुटबल करियर एनफिल्डमै लगाउने लक्ष्य सहित लिभरपुलले नयाँ सम्झौताको तयारी गरेको छ।
उनलाई रियल मड्रिडले समेत यस समर ट्रान्सफरमा अनुबन्धको ईच्छा राखेको छ। लिभरपुल स्टार माने प्रशिक्षक योर्गेन क्लोप नेतृत्वको टिमका मुख्य सदस्य हुन्।
मानेको लिभरपुलसंगको सम्झौता सन् २०२३ मा सकिदैछ। सो समय माने ३१ बर्षका हुनेछन्। उनले लिभरपुलकातर्फबाट च्याम्पियन्स लिग जित्नुका साथै वालेन डी ओरमा शीर्ष चारभित्र परेपछि क्लबसंग नयाँ सम्झौता गरेका थिए।
उनी सन् २०१८÷१९ को सिजन अफ्रिकन फुटबलर्स अफ दी ईयर बनेका थिए। साथै उनले सहकर्मी मोहमद सलाहाको ईजिप्टको दबदबालाई पन्छाउँदै आफुलाई बर्षभरी अफ्रिकन फुटबलमा चर्चामा राखेका थिए।
साउथह्याम्टनका पूर्व खेलाडी मानेले यस सिजन १४ गोल गर्नुका साथै ९ गोलको अवसर सिर्जना गरेका थिए। सोही कारण प्रिमियर लिगमा लिभरपुलले आफ्नो एकल दबदबा बनाउन सफल भएको छ।
मानेले लिभरपुलका लागि १ सय ६१ खेलमा ७७ गोल गर्नुका साथै ३४ गोलको अवसर सिर्जना गरेका थिए। उनी प्रिमियर लिग उपाधिको समेत नजिक पुगेका छन्। लिगमा ९ चरणको खेल बाँकी रहँदा उपाधि जित्न लिभरपुललाई मात्र दुई जित आवश्यक छ। एजेन्सी