बैशाख २९ । तेल भान्साम नभई हुँदैन। तरकारी पकाउन होस् वा अरु कुनै परिकार बनाउन। तर, चिकित्सकहरु भन्छन्, तेलले स्वास्थ्यमा प्रतिकुल असर गर्छ। खासमा बजारमा उपलब्ध तेल मिसावटयुक्त हुने भएकाले यो स्वस्थ्यवद्र्धक नहुने बताइन्छ।
बजारमा थरीथरीका तेल उपलब्ध छन्। त्यसमा जैतुनको तेल बढी स्वस्थ्यकर मानिन्छ। जबकी जैतुनको तेल तुलनात्मक रुपमा धेरै महंगो पर्छ।
भनिन्छ, जैतुनको तेल फाइदाजन हुन्छ। स्वस्थ्यवद्र्धक खानेकुरा सेवन गर्नु परेमा जैतुनको तेल नै प्रयोग गरिन्छ। त्यसो त बजारमा थरीथरीको ब्रान्डमा जैतुनको तेल पाइन्छ। मूल्यमा पनि त्यती एकरुपता हुन्न। खासमा जैतुनको तेलले किन हानी गर्दैन ? यसमा के पाइन्छ ?
किन महंगो हुन्छ ?
अन्य तेलको तुलनामा जैतुनको तेल हानिरहित मात्र होइन, फाइदाजनक पनि हुने बताइन्छ। अन्य किमिसको तेलले हृदय रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह जस्ता समस्या हुन्छ। जबकी जैतुनको तेलमा यस्तो खतरा हुँदैन। जैतुनको तेलले शरीरको विकारयुक्त पदार्थ निकाल्न पनि सहयोग गर्छ।
जैतुनको तेलमा एन्टी अक्सिडेन्ट पाइन्छ। एन्टिअक्सिडेन्टले हाम्रो शरीरको हानिकारक तत्व रोक्ने काम गर्छ। एन्टिअक्सिडेन्टका साथसाथै जैतुनको तेलमा भिटामिन इ र डि भरपुर मात्रामा पइन्छ।
किन महंगो ?
जैतुन एक वनस्पति हो, जसको फलबाट तेल निकालिन्छ। जबकी जैतुनको फलबाट अत्यान्त कम मात्रामा तेल उत्पादन हुन्छ। ४०–५० किलो जैतुनको फलबाट केवल तीन लिटर मात्र तेल उत्पादन हुन्छ। विशेष सिजनमा उत्पादन हुने यो फलको उत्पादन पनि कम मात्रामा हुन्छ। जबकी विश्वभर जैतुनको तेलको माग उच्च छ। यसलाई अनेक विधीबाट सेवन गर्ने गरिन्छ।
खरिद गर्नुअघि ध्यान दिनैपर्ने कुरा
–यो तेलले अक्सिजन, उज्यालो र गर्मीको सम्पर्कमा आउनसाथ आफ्नो गुण गुमाउँछ। त्यसैले जैतुनको तेल खरिद गरिरहँदा सधै गहिरो रंगको काँचको बोत्तल वा स्टिलको डिब्बामा भरिएको तेल नै खरिद गर्नुपर्छ।
–बजारमा केही सस्तो जैतुनको तेल पनि उपलब्ध छ, जसमा केही मिसावट हुन्छ। यो त्यती शुद्ध नहुने भएकाले त्यती फाइदाजनक पनि हुँदैन।
–जैतुनको तेललाई सधै सानो बोत्तलमा खरिद गर्नुपर्छ। यसलाई लामो समय स्टोर गरेर सेवन गर्न सकिदैन, किनभने यसको गुणवत्ता घट्छ।
खरिद गरेको बेला यसको उत्पादन मिति लगायतको पनि ख्याल गर्नुपर्छ। प्याक गरेको १५ महिनाभित्र जैतुनको तेल प्रयोग गर्नु बढी लाभदायक हुन्छ।