बैशाख ३० । भारतमा मंगलबारदेखि रेल सेवा शुरु भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण बन्द रहेको यात्रुवाहक रेल सेवा आजबाट चल्ने भएको हो। हालका लागि दिल्लीबाट राँची, चेन्नई, मुम्बई, पटना, विलासपुर, जम्मूलगायत १५ स्थानका लागि रेल चल्ने भारतिय मिडियामा जनाइएको छ। भारतमा १७ मे सम्म लकडाउन रहेको छ।
भारतमा हालसम्म कोरोनाको संक्रमणबाट २२ सय ६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४४ हजार २९ पुगेको छ। भारतमा सबैभन्दा बढी महाराष्ट्र, दिल्ली, गुजरात लगायतका शहरमा कोरोनाको संक्रमण देखिएको छ। हालसम्म भारतमा कोरोनाबाट संक्रमित भएका २० हजार ९ सय १९ जना निको भएका छन्।