काठमाडौं, बैशाख ३० । भारतले लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूमि अक्रिमण गरी बाटो बनाएको विरोधमा प्रदर्शउनमा उत्रिएका विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शनासहितलाई प्रहरीले पक्राउ गरेको छ।
माइतीघरमा प्रदर्शनका लागि आउने वित्तिकै रञ्जु दर्शनासहितका आन्दोलनकारीलाई पक्राउ गरेर भ्यानमा हालेको हो।
भारतले नेपाली भूमिमा बाटो बनाउनु सार्वभौमसत्तामाथिको आक्रमण रहेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।