बैशाख ३१ । फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय भएको छ। भारतमा यहिँ वर्षको अत्यतिर हुने तय भएको प्रतियोगिता कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको हो।
फिफाले मंगलबार बेलुका उमेर समुहको महिला विश्वकपको नयाँ मिति २०२१ फ्रेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने भएको छ।
यसअघि यो प्रतियोगिता भारतमै २०२० नोभेम्बर २ देखि २१ सम्म हुनेतय भएको थियो। प्रतियोगिताको मिति सरेपनि खेलका मापदण्ड यसअघिकै अनुसार हुने पनि फिफाले स्वष्ट पारेको छ।
फिफाले कोरोना भाइरसका कारण यो वर्ष हुने तय भएका अधिकाशं प्रतियोगिताहरु पछि धेकीसकेको छ। महिला विश्वकपका लागि एसियाबाट जापान र उत्तर कोरिया छनोट भएका छन् भने भारत विश्वकप आयोजकको हिसाबमा सोझै छनोट भएको हो।
विश्वकप खेल्ने खेलाडी जनवरी १ २००५ देखि डिसेम्बर २००५ भित्र जन्मिएको हुनु पर्ने फिफाको नियम छ। विश्वकपका खेल भारतका ५ शहरमा हुनेछन्। अहम्दाबाद, नयाँ मुम्बई, भुवनेश्वर, गुवाहाटी र कोलकातामा विश्वकपका खेल हुनेछन्। अहिले उक्त पाँचवटै रंगशालाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। एजेन्सी