काठमाडौं, बैशाख ३१ । पूर्व गृहमन्त्री भीम रावलका सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
रावलको सुरक्षामा खटिने गरेका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको छ। उनलाई हाल टेकु अस्पतालमा राखिएको छ। २७ वर्षीय जवान भक्तपुरको दुवाकोटामा बस्दै आएका थिए।
भक्तपुरमा मंगलबार संक्रमण पुष्टि भएका दुई जनामध्ये उनी पनि एक हुन्।