काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ साँढे चार बजे सर्वदलीय बैठक बोलाएका छन्। भारतसँगको सीमा विवादको विषयमा छलफल गर्न उनले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।
प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु र सबै दलका शीर्ष नेताहरुलाई बोलाईएको छ।
भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा भारतको चौतर्फी विरोध भैरहेको छ। संसदमा समेत अहिले यही विषय जोडदार रुपमा उठिरहेको छ।
प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा भारतले लिपुलेकमा सडक बनाउँदै छ भन्ने कुरा यसअघि आफूलाई थाहा नभएको जनाएका थिए। तर, परराष्टमन्त्री प्रदीप ज्ञवालीले भने सार्वभौम संसदमा भारतले सडक बनाउँदै छ भन्ने कुरा आफूहरुाई थाहा भएको बताएका थिए।