जेष्ठ १ । एक दिन तीन हजार सात सयमा कोरोना देखिएपछि भारतमा संक्रमितको संख्या ७८ हजार नाघेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा तीन हजार सात सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो। यो एक दिनमा देखिएको अहिलेसम्मकै दोस्रो ठूलो संख्या हो। बुधबार चार हजार तीन संक्रमित देखिएका थिए। यो सँगै संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ।
त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। अहिलेसम्म दुई हजार पाँच सय ५१ जनाले ज्यान गुमाएका छन्।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा २५ हजार नौ सय २२ जनामा कोरोना देखिएको छ। त्यस्तै, गुजरातमा नौ हजार दुई सय ६७, तामिलनाडुमा नौ हजार दुई सय २७, दिल्लीमा सात हजार नौ सय २७ र चार हजार तीन सय २८ जनाका कोरोना देखिएको छ।
नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा पनि गत २४ घन्टामा कोरोना संक्रमितको संख्या बढेको छ। उत्तर प्रदेशमा तीन हजार सात सय २९, पश्चिम बंगालमा दुई हजार दुई सय ९०, बिहारमा नौ सय ८० र उत्तराखण्डमा ७२ जनामा कोरोना देखिएको छ।