जेष्ठ १ । सिरि ए फुटबल जुनको दोस्रो साता पुन सुरु गर्ने तयारी गरिएको छ। सरकारले अनुमती दिएको खण्डमा सिरि ए जुनको १३ गतेबाट सुरु गर्ने तयारी गरिएको हो।
भिडियो कन्फ्रेन्समार्फत लिगको साधारण सभाले सरकारी निर्णय र मेडिकल प्रोटोकलका आधारमा लिग पुन सुरु हुने मितिलाई अनुमती प्रदान गरेको हो।
शीर्ष डिभिजनका क्लबहरु मेको सुरुवातबाट अभ्यासमा रहेका छन्। खेलाडीहरु ब्यक्तिगत रुपमा अभ्यास गरिरहेका छन्।
सिरि ए फुटबल मार्च ९ बाट अनिश्चित समयका लागि स्थगित गरिएको थियो। लिगका १२ चरणका खेलहरु अझै बाँकी रहेका छन्।
युभेन्ट्स लगातार नवौं पटक उपाधि रक्षाका लागि अगाडी देखिएको छ। क्लबहरुको सामुहिक अभ्यास सोमबारबाट सुरु हुनेछ।
ईटाली कोरोनाका कारण धेरै प्रभावित हुने मुलुकमा पर्छ। कोरोनाकै कारण धेरै खेलाडी समेत प्रभावित बनेका थिए।
गत हप्तामात्र फ्लोरेन्टिनाका खेलाडी तथा तीन स्टाफलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यस्तै, टोरिनोका खेलाडीमा समेत कोरोनाको संक्रमण देखिएको थियो। एजेन्सी