जेष्ठ १ । बार्यन म्युनिखले म्यान्चेष्टर सिटीका विङ्गर लिरो सानेलाई ५० मिलियन पाउण्डको प्रस्तावको तयारी गरेको छ।
द टेलिग्राफका अनुसार जर्मन महारथी क्लब बार्यनले सानेलाई जर्मन फर्काउन सो रकम प्रस्तावको तयारी गरेको हो।
बुन्डेशलिगा च्याम्पियन सिटीका विङ्गर अनुबन्धमा जोड गरिरहेको छ। खेलाडी सरुवा बजार खुल्ने बित्तिकै बार्यन सानेलाई बुन्डेशलिगा क्लबमा अनुबन्ध गर्न चाहन्छ।
सानेको ईतिहाद स्टेडियम क्लबसंग एक सिजनको सम्झौता मात्र बाँकी रहेको छ। सिटीले यसअघि ३५ मिलियन पाउण्डको प्रस्तालाई अस्विकार गरेको थियो।
चोटबाट मैदान फर्कन संघर्ष गरिरहेका सानेलाई बार्यन समर ट्रान्सफरमा जर्मन फर्काउन चाहन्छ। तर सिटीले सानेका लागि उपयुक्त प्रस्तावको प्रतिक्षा गरिरहेको छ।
साने सन् २०१६ मा साल्केबाट प्रिमियर लिग क्लब सिटी आएका थिए। उनले सिटीका लागि १ सय ३४ खेल खेल्दै ३९ गोल गरेका छन्। एजेन्सी