काठमाडौं, जेठ १ । बहुचर्चित गायक बद्री पंगेनीले गीतमार्फत सरकारलाई जनताको चाहनाअनुसारको काम गर्न आग्रह गरेका छन्। छिमेकी मुलुकले सीमा अतिक्रमण गरेको विषय बल्झिरहँदा गायक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्षसमेत रहेका गायक पंगेनीले सरकारसहित सबै दलका नेताहरूलाई गीतमार्फत सही मार्गमा लाग्न खबरदारी गरेका हुन्।
शिखर गजरकोटेको संकलनमा तयार भएको गीतमा जनताको चाहनाअनुसार काम गर्न सबै दल तथा नेताहरूलाई आग्रहसमेत गरेका छन्। राज्य व्यवस्था फेरिए पनि जनताकाे अवस्था उस्तै रहेकाेले जनताकाे अवस्थालाई पनि परिवर्तन गराउन खबरदारी गरेका छन्। गायक पंगेनीले राष्ट्रियता झल्किने दर्जनभन्दा बढी गीत गाएका छन्। यसअघि गाएका जनताकाे शासन, मुस्ताङकाे स्याउ कुहियाे, नेपाल आमा रुन्छिन् धुरुरुलगायतका गीत चर्चित छन्।
तीबाहेक पनि उनका दर्जनाैं लाेक तथा दाेहाेरी गीत चर्चामा छन्। ससुरालीमा गीतबाट लाेकदाेहाेरी क्षेत्रमा आफूलाई स्थापित गराउन सफल गायक पंगेनीकाे फाेटाे फिर्ता ल्याउ, लाउ चेली सिन्दुर लाउ, मायाले झुक्यायाे, म त नेपाली, राताे पछ्याैरी, मान्छे फकाएर आफ्नाे हुँदैन, पानी सलल, कान्छी ओई कान्छीलगायतका गीतले दर्शक, स्राेताकाे राम्राे साथ पाए।
कोही बोल्दैनन् सीमा मिच्दा, कस्तो हुन्छ घाँटी थिच्दा
नगरिदेउ बोलेजस्तो, बोल्दा मुटु पोले जस्तो
फेरिएको छ व्यवस्था, जनताको उही अवस्था
हुने खाने चुस्दै गए, हुँदा खाने उस्तै रहे
जनताले चाहेको के, जनताले पाएको के
सुख शान्ति विकास चाहे, बन्द हड्ताल द्वन्द्व पाए
ध्यान दिएर सुन नेताज्यु, जनताले के भनेका छन्
त्यही काम छिटो गर नेता ज्यु जनताले जे भनेका छन्