काठमाडौं, जेष्ठ १ । नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ। सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको हो।
संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
शुक्रबार अपरान्ह ४ बजे संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसको भोलिपल्ट बस्ने कांग्रेस संसदीय दलको बैठकले समसामयिक राजनीतिका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि आफ्नो धारणा बनाउने नेताहरुले बताएका छन्।