काठमाडौं, जेष्ठ २ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्कने सवारी पास पाएका छन्। पास पाएसँगै उनी आज बिहान झापाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्।
पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीवार रद्ध भएसँगै उनीहरु झापामै रहेका थिए।
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले बिहीवार नै जारी गरेको पास सोहि दिन रद्ध गरेको थियो।
पूर्वराजालाई पास दिने गृहको आदेश पछि मात्र जिल्ला प्रशासनले उनलाई पास दिइएको बताइएको छ।