जेष्ठ २ । स्पेनिस क्लब बार्सिलोना उसमान डेम्बेलेलाई सस्तो मुल्यमा बेच्न तयार देखिएको छ।
लण्डन क्लब आर्सनलले अनुबन्धमा ईच्छा गरिरहेको डेम्बेलेलाई मात्र ५३ मिलियन पाउण्डमा बेच्न बार्सिलोना तयार देखिएको हो।
स्पेनिस महारथी क्लब २२ बर्षिया डेम्बेलेको मुल्यलाई घटाउदै नयाँ गन्तव्यमा पठाउन तयार छ। उसले सन् २०१७ मा १ सय २५ मिलियन पाउण्डमा डेम्बेलेलाई अनुबन्ध गरेको थियो।
स्पेनिस पत्रिका मार्काका अनुसार बार्सिलोना आफ्नो प्लेईङ सेट खाली गर्न डेम्बेलेलाई सस्तो मुल्यमा बाहिर पठाउन तयार देखिएको हो।
उसले डेम्बेलेलाई मात्र ५३ मिलियन पाउण्डमा बेच्न सकिने बताएको छ। सो मुल्यमा फ्रेन्च खेलाडीलाई बेच्दा बार्सिलोनाले करिब साढे ८२ मिलियन पाउण्ड रकम गुमाउनेछ।
उनले स्पेनिस महारथी क्लबमा तीन सिजन बिताएका थिए। उनी पछिल्लो समय नाउ क्याम्प छाड्ने बिषयसंग जोडिएका छन्।
उनी जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बार्सिलोना आएका थिए। उनले बार्सिलोनाका लागि ७२ खेलमा १९ गोलमात्र गर्न सके।
२२ बर्षिया फरवार्ड बार्सिलोना आउने समय ठुलो अपेक्षा गरिएको थियो। तर लामो समय चोटको समस्याले समेत उनको नाउ क्याम्पको बसाई सुखद रहेन।
उनी अहिलेसमेत चोटको उपचार गराईरहेका छन्।
म्यान्चेष्टर युनाईटेड, आर्सनल सहित धेरै क्लबहरु नयाँ सिजनका लागि डेम्बेलेलाई अनुबन्ध गर्न ईच्छुक देखिएका छन्। सोही कारण क्लबहरु डेम्बेलेको चोटको जाँच गरिरहेका छन्।
आर्सनल भन्दा युनाईटेड डेम्बेले अनुबन्धमा अगाडी देखिएको छ। युनाईटेडका एन्थोनी मार्टियलले सम्भावित गन्तव्यका लागि डेम्बेलेसंग छलफल गरिरहेका छन्। एजेन्सी