सुनसरी, जेष्ठ २ । सुनसरीमा नियन्त्रित लागुऔषधसहित एक भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारका २७ वर्षीय शंकर यादव छन्।
कोसी गाउँपालिका १ बाट पक्राउ परेका यादवको साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभन प्लस ५ सय २८ क्याप्सुल र १ सय एमएलको डाइलेक्स डिसी २८ बोतल बरामद भएको प्रहरीले जनाएको छ।
यादवमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।