काठमाडौं, जेष्ठ २ । सरकारले कालापानी, लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरिने भएको छ। सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै राष्टपति विद्यादेवी भण्डारीले संसदमा उक्त कुरा बताएकी हुन्।
उनले भनिन्, “ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट सीमा सम्बनधमा बाकी रहेका विषयको समाधान गरिने भन्दै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको भुमि भएको भन्दै त्यसलाई प्राप्त गर्न ठोस कुुटनीतिक पहल र छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिनेछ।”