जेष्ठ ३ । क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा गरिएको छ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अबरुद्ध लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो।
क्लब ब्रुगले लिगमा १५ अंकको अग्रता लिएको थियो। दोस्रो स्थानका जेन्ट भन्दा क्लब ब्रुगको फराकिलो अन्तरको अग्रता छ। सिजन अबरुद्ध बन्नु अघि लिगमा मात्र एक चरणको खेल बाँकी थियो।
क्लब ब्रुगले १७ लिग उपाधि प्राप्त गर्न सफल भएको छ। उसले पछिल्ला ५ सिजनमा तेस्रो पटक लिग उपधि जितेको हो।
लिग च्याम्पियन घोषणा भएसंगै क्लब ब्रुग अर्को सिजन सोझै च्याम्पियन्स लिगमा छनोट हुनेछ।
युरोपमा लिग रद्ध गर्ने बेल्जियम पहिलो देश बनेको छ। तर निर्णयलाई शुक्रबार बस्ने क्लबहरुको साधारण सभाले पारित गर्नुपर्नेछ।
बैठकले वासल्याण्ड बेवरेनलाई रेलिगेशनमा झार्ने निर्णय गरेको छ। जेन्ट भने अर्को सिजन च्याम्पियन्स लिगमा प्रवेश गर्नेछ। एजेन्सी