चितवन, जेष्ठ ३ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका पछिल्ला ६ जनामध्ये चितवनकी २५ वर्षीया महिला काठमाडौंमा मजदुरीमा संलग्न रहेको खुलेको छ।
चितवन राप्ती नगरपालिका वडा नं १ र २ को बिचमा पर्ने गड्यौलीकी उनको थ्रोट स्वाब लिएर काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड-१९ परीक्षण गरिएको हो।
राप्ति नगरपालिकाका उपमेयर इमानसिंह लामाका अनुसार उनी केही वर्षदेखि काठमाडौंमै बस्दै आएको पाइएको छ। ती संक्रमित महिला कहिले काठमाडौं गएकी हुन् भन्ने बारे खुलेको छैन।