काठमाडौं, जेष्ठ ३ । थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान साँढे ११ बजे अध्यावधिक गरेको विवरणअनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना पोजिटिभ देखिएको हो। नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।
नयाँ पुष्टि भएका स।क्रमितमा कपिलवस्तु, शिवराज नगर पालिका चन्द्रौटा निबासी २५, ३४ र ४४ वर्षीय पुरुषहरू रहेका छन्।
मन्त्रालयले १० बजे जारी गरेको सूचनामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो। शनिबार मात्रै कोरोना संक्रमणको पुष्टि हुने ९ जना पुगेका छन्।