सिन्धुपाल्चोक, जेष्ठ ३ । अतिक्रमित भूमि फिर्ताका लागि सरकारलाई दबाब दिन आयोजित प्रदर्शनमा अरनिको कलेजका स्ववियु सभापति एवम् नेविसंघका क्षेत्रीय अध्यक्ष हेमन्त श्रेष्ठ, नेपाली कांग्रेसका नेता अजय तामाङ, नेविसंघका नेताहरु विश्वास बस्नेत, रमेश अधिकारी, मनीष बस्नेतलगायतलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेविसंघको दबाबपछि पक्राउ कार्यकर्तालाई बिना सर्त रिहा गरिएको नेविसंघ सिन्धुपाल्चोकका कावा सभापति नवीन श्रेष्ठले बताए।
नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले लकडाउनको पालना गरी शान्तिपूर्ण तवरले गरिएको प्रदर्शनमाथि भएको प्रहरी हस्तक्षेप र गिरफ्तारको निन्दा गरेका छन्। उनले भने, ‘अतिक्रमित भूमि फिर्ताको माग गर्दै वर्तमान लम्पसारवादी सरकारको लाचार प्रवृत्तिको विरोधमा हामी देशव्यापी अभियानमा छौं।’