असार २ । स्पेनको विश्वकप विजेता टोलीका कप्तान ईकर कासिलासले स्पेनिस फुटबल महासंघको अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका कासिलासले निर्णयमा पूर्नविचार गर्दै उम्मेदवारी फिर्ता लिने बताएका हुन्। उनले देशको बिग्रदो सामाजिक, आर्थिक र स्वास्थ्यको अवस्थालाई ध्यानमा राखेर आफु चुनावमा नउठ्ने बताएका हुन्।
कोरोना भाईरसको महामारीका कारण स्पेनमा २७ हजार बढी मानिसले ज्यान गुमाईसकेका छन्।
‘यसले चुनावलाई पछाडी लैजानेछ। कासिलासले भनेका छन्।
कासिलास ब्यवसायीक फुटबल करियरबाट औपचारिक रुपमा बिदा भएका छैनन्। तर उनी सन् २०१९ को अप्रिलबाट वर्तमान क्लब पोर्टोमा देखिएका छैनन्।
ह्दयघातका कारण उनी गत करिब एक बर्षभन्दा बढी समययता मैदानमा नदेखिएका हुन्।
उनी सन् २०१९ को जुलाईदेखि क्लबको प्रशिक्षण स्टाफको रुपमा काम गरिरहेका छन्।
कासिलासले उम्मेदवारी फिर्ता लिएसंगै लुईस रुबेलिस चार बर्षका लागि अगष्टमा निर्विरोध निर्वाचित हुने सक्ने बताईएको छ। एजेन्सी