सुर्खेत, असार २ । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवाको महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको जनाएको छ।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी डोब अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका पाँच जना र सुर्खेतका चार जनामा कोरोना संक्रमण देखिएको हो।
