असार २ । चीन र भारतको सीमावर्ती क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच भएको झडपमा ५ चिनियाँ सैनिक र तीन भारतीय सैनिकको मृत्यु भएको छ।
साथै ११ जना चिनियाँ सैनिक घाईते भएका छन्। सोमवार राती भएको चीन र भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखस्थित गलवान घाँटीमा दुबै देशका सेनाको बीचमा हिंस्रक झडप भएको थियो।
जसमा चीनमा पाँच सैनिक तथा भारतीय सेनाका दुई जवान र एक अफिसरको मृत्यु भएको हो। सीमामा संकट बढ्दै गएको बेला भारतीय सेनाले आफ्नो बयानले हिंस्रक झडपमा दुबै पक्षको ठूलो क्षति भएको बताएको छ।
सोमवार राती भएको झडपमा चीनका पाँच सैनिकको मृत्यु भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले पनि बताएका छन्।
ग्लोबल टाइम्सले झडपमा पाँच चिनियाँ सैनिक मरेको दाबी गरेको छ। साथै ११ सैनिक घाईते भएको बताएको छ। एजेन्सी