काठमाडौं, असार ३ । गण्डकी प्रदेशका २ जिल्लामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नवलपरासी (वर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गा.पा.का १४ जना, मध्यविन्दु न.पा. २ जना, कावासोती न।पा। का १ जना र अर्को नाम नखुलेको पालिकामा एक जना गरी १९ जनामा संक्रमण देखिएको हो। संक्रमितहरु सबै पुरुष रहेका छन्।
यस्तै पर्वतको फलेवास नगरपालिकाका २ जना पुरुष र एक महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ।
नयाँ २१ जना संक्रमितहरु सबै भारतबाट फर्किएका हुन्। संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।