काठमाडौं, असार ३ । सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो। यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको भाउ भने प्रतितोला ९ सय ३० रुपैयाँ रहेको छ। सुन कारोबार निकै सुस्त भए पनि भाउ भने निरन्तर बढिरहेको छ। विश्व बजारमा मूल्य वृद्धि भएकाले त्यसको सीधा प्रभाव यहाँ परेको हो। व्यवसायीहरुका अनुसार भाउ निकै चुलिएकाले यतिबेला खरिदकर्ता पाउन मुस्किल छ। बिक्रेता भने बढिरहेका छन्।