काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्राडा दिव्यासिंह शाहलाई त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा नियुक्त गरिएको छ। त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका ३ जनामध्येमा प्राडा शाहलाई डीनमा नियुक्ति गरेको हो। प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको उक्त कमिटीले प्राडा प्रदीप वैद्य, प्राडा शाह र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
जेठ २२ मा प्राडा जगदीश अग्रवालले उमेर हदका कारण डीनबाट अवकाश पाएपछि रिक्त रहेको पदमा त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुखसमेत रहेकी प्राडा शाहलाई जिम्मेवारी दिइएको हो।