चितवन, असार ४ । चितवनको खैरहनी नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। खैरहनी नगरपालिका–११ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी भरतपुरस्थित कोरोना प्रयोगशाला स्रोतले बिहीबार बिहान दिएको हो।
हालसम्म चितवनमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किएका छन्। अन्य भने अस्पतालमा उपचाररत छन्।
माडी नगरपालिकाले ७ जना संक्रमितलाई आफ्नै क्वारेन्टिनमा राखेर उपचार गराइरहेको छ।