काठमाडौं, असार ४ । गृह मन्त्रालयको एसएमएस प्रणाली नै ह्याक भएपछि अनुसन्धान सुरू गरिएको छ।
बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएर गलत सूचना सम्प्रेषण भएपछि त्यसबारे अनुसन्धान थालिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।
‘२०७७ साल असार ३ गते दिउँसो करिब २ बजेको समयमा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनाधिकृति रूपमा पहुँच पुर्याई (ह्याक गरी) गलत सूचना एसएमएसमार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नगरिएको जनाएको छ।
