काठमाडौं, साउन ८ । आज बिहीबार नेपाली बजारमा सुन मुल्यले अर्को नयाँ रकेर्ड तोडेको छ। आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो।
जुन हालसम्म कै उच्च हो। यस अघि हिजो बुधबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु।९४ हजार ६५ तोकिएको छ।
आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ। चाँदीको मुल्य प्रतितोला ११ सय ४५ रहेको छ। महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो।




