साउन ८ । इटालियन सिरी ‘ए’ फुटबलमा आज (बिहीबार) उपाधि नजिक रहेको युभेन्ट्सले उडिनेजेसँग प्रतिस्पर्धा गर्दैछ। युभेन्ट्सले उडिनेजेसँग उसैको मैदानमा खेल्नेछ। खेल नेपाली समय अनुसार राति सवा १२ बजे सुरु हुनेछ।
युभेन्ट्स घरेलु टोलीलाई हराएर उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ। युभेन्ट्सलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ।
यस्तोमा उडिनेजेलाई हराउँन सकेमा युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्नेछ।
लिग लिडर युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ। युभेन्ट्सले ८० अंक जोड्दा एटलान्टाले ७४ अंक जोडेको छ।
युभेन्ट्सले घरेलु टोलिविरुद्ध ३ अंक जोडेमा लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जित्नेछ।
युभेन्ट्सले सन् २०११/१२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ। यस्तै युभेन्ट्सले ३६ औं सिरी ‘ए’ उपाधि जित्नेछ।
उपाधि जित्ने लक्ष्य लिएको युभेन्ट्सले घरेलु टोलिविरुद्ध क्रिस्टियानो रोनाल्डो, पाउल डिबालालाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ।
यता, उडिनेजे घरेलु टोलीलाई रोक्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ। उडिनेजे ३६ अंक जोडेर १६ औं स्थानमा रहेको छ।
अर्को खेलमा लाजियो र काग्लियारीबीच खेल हुनेछ। एजेन्सी




