काठमाडौं, साउन ९ । शुक्रबार सुन र चाँदी दुवैको मुल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मुल्यमा प्रति तोला १३ सयले बढेको छ। योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९५ हजार ८ सय पुगेको छ।
यस अघि विहिबार सुन प्रति तोला ९४ हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९५ हजार ३६५ पुगेको छ शुक्रबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ। विहिबार ११४५ प्रतितोला कारोबार भएको चाँदी विहिबार प्रति तोला ५ रुपैयाँले बढेर ११५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।




