साउन ९ । चीनले अमेरिकाविरुद्धको जवाफी कारबाही स्वरुप चंगडुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ।
चिनियाँ विदेश मन्त्रालयले यसै साता अमेरिकाको ह्युस्टनस्थित चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयविरुद्ध यो जरूरी र वैध प्रतिक्रिया भएको जिकिर गरेका छन्।
मन्त्रालयले भनेको छ, “चीन र अमेरिकाका बीच जारी तनावपूर्ण अवस्था चीनले चाहेको छैन। यसका लागि अमेरिका जिम्मेवार छ।”
चंगडुमा १९८५ महावाणिज्य दूतावास स्थापना गरिएको थियो। जहाँ दुई सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन्। तिब्बत नजिक पर्ने भएकाले यो दूतावास रणनीतिक रूप महत्त्वपूर्ण मानिन्छ। बीबीसी




