धनगढी, असोज १६ । कञ्चनपुरमा खेतमा धान थ्रेसिङ मेसिनमा परी एक महिलाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर(७ मा शुक्रबार बिहान ७ बजे धान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परी ४५ वर्षीया लक्ष्मी साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।
धान थ्रेसिङ गर्ने क्रममा मेसिनको पट्टामा कपाल अल्झेर परेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। घटनाबारे सोधपुछका लागि ट्रयाक्टर धनी समेत रहेका चालक गणेश रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।